Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पानीमा डुबेर दाजु र भाईको मृत्यु

    पानीमा डुबेर दाजु र भाईको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 2K
    SHARES

    जनकपुरधा । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दाजु र भाईको मृत्यु भएको छ ।

    जिल्लाको मलंगवा नगरपालिका वडा नम्वर ११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।



    आज विहान ११ बजेको समयमा दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंट्टा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकाली उपचारका लागि मलंगवा अस्पतालमा पु¥याएका थिए । अस्पताल पु¥याउँदा उनीरुको मृत्यु भइसकेको थियो ।

    घटनाको बारेमा अनुसंधान भईरहेको र मृतक दाजुभाइको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार