Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गरिब जनतालाई ढाड सेक्ने गरी फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    गरिब जनतालाई ढाड सेक्ने गरी फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पेट्रोलियम पदार्थको फेरी मूल्य बढाएको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँले बढाएको हो ।



    अब पेट्रोल लिटरको १ सय २७ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय १० रुपैयाँ कायम भएको छ ।



    यस्तै हवाइ इन्धन आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ८२ रुपैया कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यो मूल्य आज राती १२ बजेबाट लागू हुनेछ ।

    गत जेठ २२ गते नेपाल आयल निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

    त्यसअघि निगमले दुई महिनाको अबधिमा मात्र ओली सरकारले चार पटक सम्म मुल्य वृद्धि  गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार