Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युरोकप : पोर्चुगल नकआउट चरणमा

    युरोकप : पोर्चुगल नकआउट चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।

    निकै रोमाञ्चक मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । गएराती पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेपछि फ्रान्स पाँच अंकका साथ समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो ।



    निकै रोमाञ्चक खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरे भने फ्रान्सका करिम बेन्जिमाले पनि दुई गोल गरे ।



    यस्तै हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि चार अंकसहित नकआउटमा पुग्दा चारै अंक रहेको पोर्चुगल उत्कृष्ट तीनभित्र पर्दै अन्तिम १६ मा पुगेको हो ।

    यस्तै गएराति नै भएका स्पेनले स्लोभाकियालाई पाँच गोलले हराएर नकआउट चरणमा पुग्यो । दुई गोल आत्मघाती उपहार पाएको स्पेनको लागि एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । पोल्याण्डलाई हराएको स्वीडेन समूह विजेता बन्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार