Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने

    संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । संसद विघटन विरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनले सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधबार राति बसेको विपक्षी गठबन्धनका दोस्रो तहका नेताहरुको बैठकले सडक आन्दोलनको प्रारुप तय गर्नका लागि कार्यदल बनाएको छ ।



    नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एमाले माधव नेपाल समूहका शीर्ष नेताहरुको निर्देशन अनुसार दोस्रो तहका नेताहरुको बैठक बसेर सडक आन्दोलनलाई पनि अघि बढाउने निर्णय गरेको हो ।



    नेताहरु भीम रावल, पूर्णबहादुर खड्का, राजेन्द्र श्रेष्ठसहितको कार्यदल बनाइएको छ । सो कार्यदलले आन्दोलनको प्रारुप तयार पार्ने छ ।

    पहिलोपटक संसद विघटन हुँदा विपक्षी गठबन्धनले सडक आन्दोलनलाई उत्कर्षमा लगेको थियो । यो पटक पनि कोरोना भाइरसको संक्रमण केही कम हुन थालेसँग सो गठबन्धनले कानूनी लडाईँसँगै सडक आन्दोलन पनि अघि बढाउने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार