Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

    सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।



    बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार