Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गृह मन्त्रालय पस्ने वित्तिकै किन हुन्छ सरुवा र बढुवाकै कुरा ?

    गृह मन्त्रालय पस्ने वित्तिकै किन हुन्छ सरुवा र बढुवाकै कुरा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा गृहमन्त्रालय सम्हाल्ने मन्त्रीको पहिलो अभिव्यक्ति नै सरुवा र बढुवामै केन्द्रित हुने गरेको छ । आज पनि गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने भन्दै सरुवा–बढुवाका निम्ति आफूकहाँ नआउन प्रहरीलाई निर्देशन दिएका छन् ।

    यसअघिका गृहमन्त्री खगराज अधिकारीले पनि सरुवा र बढुवामा पैसा खान्न भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएका थिए । गृह मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै प्रायजसो सबै मन्त्रीहरुले प्रहरीको सरुवा र बढुवामै आँखा लगाउने विषय हाम्रो लागि नौलो होइन । त्यसमाथि पनि कार्यभार सम्हालेकै दिन सरुवा र बढुवाकै कुरा गर्दा उक्त आशंकालाई झन मलजल पुर्याएको छ ।



    नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउँदै गृहमन्त्री पौडेलले भने–‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।’



    उनले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिंदै भने–‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

    आफूलाई नतिजा चाहिने भन्दै उनले जवाफदेही भएर काम गर्न निर्देशन समेत दिए । ‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ ।’, पौडेलले भन–‘मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौं, त्यस ढंगले गर्नेछौं । त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार