Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सि जिनपिङ र पुटिनबीच वार्ता हुदै

    सि जिनपिङ र पुटिनबीच वार्ता हुदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 3.5K
    SHARES

    बेइजिङ । रुसका राष्ट्रपति  भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ ।

    चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ ।



    प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा वताएका हुन ।



    बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए ।

    उनीहरुबीच  गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार