Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा भवन भत्किदा बेपत्ताको हुनेको संख्या १५९ पुग्यो

    अमेरिकामा भवन भत्किदा बेपत्ताको हुनेको संख्या १५९ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 3K
    SHARES

    एजेन्सी । अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुगेको छ ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार फ्लोरिडाको मायामीमा रहेको सो भवन भत्किँदा बेपत्ता हुनेको सूचिमा मानिसहरुको संख्या थपिएको हो ।
    अहिलेसम्म सो घटनामा चारजनाको ज्यान गएको पुष्टि भएको छ ।



    मायामी–डाडेका मेयरले अझै पनि बेपत्ताहरुलाई जीवितै उद्धार गर्न सकिने आश रहेको बताएका छन् । उद्धारकर्मीहरु सो क्षेत्रमा निरन्तर खटिएका छन् ।



    भग्नावशेषबाट मानिसका आवाज सुनिएको जनाइएको छ । स्थानीय समय अनुसार बिहीबार बिहानै भवन भत्किएको हो । के कारणले ४० वर्ष पुरानो सो भवन भत्कियो भन्ने अझै खुलेको छैन । सो भवनमा कम्तीमा १०२ जना बस्ने गरेको खुलेको छ, तर घटना हुँदा कतिजना थिए भन्ने स्पष्ट छैन ।

    राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका लागि आपतकालिन अवस्था घोषणाको प्रस्ताव स्वीकृत गरेका छन् । सयौँ उद्धारकर्मीले भग्नावशेषमा फसेकाहरुको खोजी गरिरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार