Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पानीको विषयमा झगडा हुँदा १५ जना घाइते

    पानीको विषयमा झगडा हुँदा १५ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 2.9K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    काठमाडौं । रौतहटमा पानीको विषयलाई लिएर दुई परिवारबीच हानाहान हुँदा १५ जना घाइते भएका छन्। रौतहट मौलापुर नगरपालिका–१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो।

    स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो। इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार घटनामा १५ जना घाइते छन्।



    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहका अनुसार खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि यादवको परिवारले आक्रामण गरेको हो । एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो ।सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको उनले थियो ।



    घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार