Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जुडो खेलाडी सोनिया ओलम्पिकमा छनोट

    जुडो खेलाडी सोनिया ओलम्पिकमा छनोट

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

    सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।



    जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट सोनियासंगै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्नेछन् ।



    सोनियाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ४८ केजीमुनि तौल समूहमा कास्य पदक जितेकी थिइन् । उनले ओलम्पिकमा पनि त्यही तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

    सन् २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास बनाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार