Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ओलीजी अबत मलाई देखाएर अदालतलाई धम्क्याउन थाल्नु भएछ : प्रचण्ड

    ओलीजी अबत मलाई देखाएर अदालतलाई धम्क्याउन थाल्नु भएछ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै उनले न्याय निष्पक्ष भयो त भनेर प्रश्न गरेको विषयलाई लिएर प्रचण्डले ओलीलाई उत्तर फकाएका हुन् ।

    विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले भने प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताए । उनले भने–केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफैं । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे १ मेरो सेटिङमा नेपाल चलेको भए त ‍‍‍?’



    उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको बताउँदै भने–‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’



    उनले अघि भने–‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’

    दाहालले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । उनले भने–‘शेरबहादुरजीको दायाँबायाँ माधवजी र म छौं । हामीले नै देउवाजीलाई तपाईं उभिन पर्‍यो भनेको यो पटकलाई । यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन । हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन । यो पटक हामी कोही पनि प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने हैन । संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको छ । देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको देखियो । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्ने देखियो नत्र बर्बाद हुन्छ भन्ने चिन्ताको साथ लागिराखेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार