Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त, ३० जनाको मृत्यु

    २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त, ३० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन्

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।



    मन्त्रालयले जनाए अनुसार सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार