Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाविरुद्धको खोप लगाउन १३ लाखले दिए आवेदन

    कोरोनाविरुद्धको खोप लगाउन १३ लाखले दिए आवेदन

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन १३ लाखभन्दा बढी व्यक्तिले आवेदन दिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कोभिड– १९ पहिलो डोजका लागि फारम भर्नेको संख्या १३ लाख ३९ हजार पुगेको छ । गत वैशाख ३१ गते सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो ।



    सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो । यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन ।



    तथ्यांक संकलन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाइले गर्दै आएको छ । मन्त्रालयले कोभिड– १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैँले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार