Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकी प्रदेश

    भौतिक पूर्वाधार रोजेका दीपक मनाङे विनाविभागीय मन्त्री

    भौतिक पूर्वाधार रोजेका दीपक मनाङे विनाविभागीय मन्त्री

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2K
    SHARES

    कास्की । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका चार जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ ।

    आज प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।



    नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।



    यस्तै, राजिव गुरुङ ‘दीपक मनाङे’लाई भने कुनै जिम्मेवारी दिइएको छैन । यसअघि युवा तथा खेलकुद मन्त्री  रहेका गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गर्दै आएका छन् । जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय छन् ।

    यसघि मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार