Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काठमाडौंमा सार्वजनिक यातायातदेखि बजार-पसल सबै खुले, हेर्नुहोस् के-के खुलेनन् (सूची)

    काठमाडौंमा सार्वजनिक यातायातदेखि बजार-पसल सबै खुले, हेर्नुहोस् के-के खुलेनन् (सूची)

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ।

    आज बिहान बसेको उपत्यकाका ३ जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।



    ‘जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको छ, सीडीओ पराजुलीले भने, ‘ ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।’



    कोरोना भाइरस संक्रमणका कारण गत बैशाख १६ गतेदेखि लागू गरिएको उपत्यकाको निषेधाज्ञा जारी रहेको छ भने पछिल्लो हप्तादेखि निजी सबारीमा जोरबिजोर लागू भएको छ।

    यस्तै,लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन् ।

    यसअघि थपिएको निषेधाज्ञा आज सोमबार राति सकिँदै छ।

    हेर्नुहोस् भोलिदेखि के- के खुल्छन् के-के खुल्दैनन् :-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार