Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चाइनिज स्याउ तस्करी प्रकरण : एसपीद्वयलाई उन्मुक्ति, चार प्रहरीमाथि कारबाही

    चाइनिज स्याउ तस्करी प्रकरण : एसपीद्वयलाई उन्मुक्ति, चार प्रहरीमाथि कारबाही

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 4.8K
    SHARES

    काठमाडौं । सुनसरी नाकाबाट तस्करी गरी भारत पुर्याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले नै गठन गरेको छानबिन टोलीले एसपीद्वयलाई जोगाएर अन्य थप चार जना प्रहरीलाई भने कारबाहीको सिफारिस पनि गरेको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले छानबिनका लागि गठन गरेको छुट्टाछुट्टै टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुझाएको प्रतिवेदनमा थप चार जना प्रहरीलाई कारबाही सिफारिस गरकेो हो ।



    प्रहरीले अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको छ भने सशस्त्र प्रहरीको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई पनि दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको छ ।



    भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।

    प्रहरीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा छानविन टोली गठन गरेको हो भने सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अर्को छानविन टोली गठन भएको थियो ।

    छानविनमा सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका एसपी माधव पौडेलको समेत संलग्नता रहेको खुलेको स्रोतको दावी छ । तर, स्याउ तस्करी प्रकरणमा एसपीद्वय थापा र पौडेललाई भने उन्मुक्ति दिइएको छ ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालयका तत्कालिन प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले नै एसपी थापालाई जोगाएको स्रोतले बताएको छ । त्यसो त सशस्त्रका एसपी पौडेललाई पनि छानविन समितिका संयोजक एसएसपी प्रकाश थापालेनै जोगाएको बुझिएको छ । थापाले सशस्त्रका आईजीपी शैलेन्द्र खनालको निर्देशनमा पौडेललाई जोगाएको स्रोतले बतायो ।

    यसअघि १ नम्बर प्रदेश प्रहरी कार्यालयले सीमा प्रहरी चौकी भन्टाबारीका प्रमुख सई गंगा थापा, भन्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इन्चार्ज असई आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका असई टेकहादुर कार्कीलाई निलम्बन गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार