Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मनसुन फेरी सक्रिय, भारी वर्षाको सम्भावना

    मनसुन फेरी सक्रिय, भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा मनसुन फेरी सक्रिय बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा भारी वर्षाको सम्भावना छ।

    केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुन लागेको हो। मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



    बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार