Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रक्सीको निहुँमा श्रीमानको हत्या, श्रीमती र छोरा पक्राउ

    रक्सीको निहुँमा श्रीमानको हत्या, श्रीमती र छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2K
    SHARES

    बर्दिया। मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।

    अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    रक्सी खानका लागि रु एक सय मागेको विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।



    सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार