Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आधिकारिकता विवादबारे छलफल गर्न जसपाको ठाकुर–महतो समूहको बैठक बस्दै

    आधिकारिकता विवादबारे छलफल गर्न जसपाको ठाकुर–महतो समूहको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने सो बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने बताइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ ।



    जसपाको ठाकुर–महतो समूह दबाबमा छ । आफ्नै समुहका नेताहरुबीच असन्तुष्टि बढेपछि समस्या बढ्दै गएको हो ।



    सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो समूहभित्र असन्तुष्टि बढेको थियो । पार्टीको विवादबारे राय बुझ्न निर्वाचन आयोगले दुवै समूहलाई असार २२ गते बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार