Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूची)

    जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूची)

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ ।

    सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।



    यस्तै, कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।



    नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् ।

    नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार