Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसद विघटन मुद्दा : सरकारी पक्षका वकिलहरुको बहस जारी

    संसद विघटन मुद्दा : सरकारी पक्षका वकिलहरुको बहस जारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संसद विघटनको मुद्दामा आज पनि सरकारी पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्ने क्रम अहिले जारी छ । बहसको सुरुआत पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले गरेका छन् । खरेलका लागि एक घण्टा समय छुट्याइएको छ। यस अघि संसद विघटन हुँदा उनी महान्यायाधिवक्ता थिए।



    खरेलपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, इश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाललगायतले बहस गर्ने तालिका रहेको सर्वोच्चले जनाएको छ ।



    उनीहरुका लागि तोकिएको साढे ४ घण्टा समय बाँकी छ। उनीहरुले आजै बहस सक्ने सम्भावना कम छ। यसअघि बुधबार बरिष्ठ अधिवक्ताहरु सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए।

    उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भएपनि केही समय थप गर्ने इजलासको तयारी छ।

    त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ।

    गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार