Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सांग्रिला र सिप्रदीबीच सम्झौता, तीन दिनभित्र कर्जा उपलब्ध

    सांग्रिला र सिप्रदीबीच सम्झौता, तीन दिनभित्र कर्जा उपलब्ध

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी टे«डिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदीको तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका छन् ।

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले त्ब्त्ब् क्ऋख् अबचनय बलम एष्अप गउ खभजष्अभि ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिप्रदीबाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिने पनि बैंकले जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार