के माक्सवाद आज प्रासङ्गिक छ ?

के माक्सवाद आज प्रासङ्गिक छ ?

अनलाइन नेपाल
  • बिहिबार, असार १७ २०७८

  • 3.2K
    SHARES

    के माक्सवाद आज प्रासङ्गिक छ ?

    राजतन्त्रात्मक शासन मौलाइरहेको बेला, सन् १८१८ मा जर्मनमा जन्मिएका कार्ल माक्सको विचारले विश्व समुदायको मुटुमा भुकम्प आयो। जसको परिणाम केहि देशले माक्सवादलाई अभ्यास ल्याए। माक्सले दास क्यापिटल, कम्युनिस्ट मेनिफेस्टोलगायत लेख मार्फत ऐतिहासिक भौतिकवाद, द्वन्दात्मक भौतिकवाद, वर्ग सङ्घर्ष, शोषन, एलिनियसनको बारेमा विचार अभिव्यक्त गरेका छन।

    माक्सवादी विचारधारा मुताविक केहि राष्ट्रहरुमा व्यबहारिक अभ्यास गरियो। जसको केहि देशमा सफल देखियो भने केहि देशमा कमजोर पनि देखियो।२१औं शताब्दीको वातावरणमा खेल्दै गर्दा हामी सबैको मनमा आउने प्रश्न भनेको हाम्रो समाज कुन सिद्धान्त तथा कुन विचारमा घनिष्ठ भयो। समाज विकास र सामाजिक, मानवीय व्यवहार र गतिविधिबारे बुलन्द गरिएका विचारहरुको बाहुल्यता शक्तिशाली छ।



    ती विचार मध्येको एक माक्सवाद हो। माक्सवाद शब्द उच्चारण हुने वित्तिकै सबैको मनमा कम्युनिस्ट शब्दले चुम्बकीय गुण सरहको भुमिका निर्वाह गर्छ। त्यसपछि प्रश्नहरुको जालो बाक्लो हुन्छ। जसमा यस्ता खालका प्रश्नहरु हुन्छन, हामी कुन विचारधारा मुताविक चलेका छौं ?, के माक्विाद आज प्रासंगिक छ ? के आजको समाज माक्सले भने जस्तै राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक वातावरणमा छ त ? माक्सवाद औषधि वा बीस मध्ये के हो ? लगायत यस्ता खालका प्रश्नहरुको गन्तव्य अनन्त हुन्छ।

    जसरी एउटा चिडियाखानालाई चिडियाखाना हो भन्न त्यहाँ जनावर तथा पशुपंक्षि हुनुपर्छ, जसरि कलेजलाई कलेज भन्न त्यहाँ अध्ययन, अध्यापन हुनुपर्छ, जसरि भकुण्डोलाई भकुण्डो भन्न त्यसमा हावा भरिएको हुनुपर्छ, त्यसरी अहिले विश्वमा के समस्या छ, किन आइरहेको छ र समाधानको उपया के हो भन्ने बारेमा जानकार हुन माक्विादको उपस्थिति अपरिहार्य भएको छ।

    माक्सवाद दृष्टि हो। जसले कुनै पनि घटना उपर त्यसलाई विश्लेषण गर्ने शक्ति दिन्छ। जुन पक्ष सबै क्षेत्रमा अनिवार्य हुन्छ। हामी कानुनी व्यवस्था बमोजिम बलियो देशमा छौ। जहाँ कुनै पनि आधारमा तथा भाषा, धर्म, उत्पति, वर्ण, विचारको आधारमा भेदभाव गर्न हुँदैन भनेर प्रष्ट बोलिएको छ। तर, देशमा भेदभाव शब्दले ब्यबहारिक अभ्यासमा मलजल पाएको छ।

    अझ बिडम्वनापुर्ण कुरा के हो भने भेदभावको राजनीतिक अभ्यास । कानुन अनुसार समानुपातिक समावेशीकरणको चर्चा बाक्लो छ। केहि हतसम्म त्यसको कार्यान्वयन भयको पनि छ। जहाँ, स्थानीय, प्रदेश र संघिय सरकारमा सहभागी सांसदहरू हुन या सरकारि निकायमा रहेका कर्मचारीहरु। उनीहरुले भेदभाव रहित वातावरणमा रमाउन पाएका छैनन्। उनीहरुलाई पुतलीको खेलौना जस्तै बनाइएको छ। जसलाई केवल सजावटमा धेरै प्रयोग गरिन्छ।

    उनीहरूलाई निर्णयक जिम्मेवारीबाट टाढा राखिदैछ। जिम्मेवारीमा राखेपनि काम कारबाहीना बाधा खडा गरिन्छ। आखिर यो सबै हुनुको कारण शक्तिमा रहेको पक्षले दोस्रो पक्षलाई शक्तिमा आउन नदिने खेल न हो।

    सामाजिक न्याय रोगी हुँदैछ, विधिलाई व्यक्ति अनुकूल अभ्यासको मैदानमा उतारिदै छ। काम कम गर्ने तर प्रचारको आँधी ल्याउने प्रवृत्ति, सत्ता केन्द्रीत राजनीति, मृत्युदण्ड नपाएको तर मृत्युदण्ड दिने भनी घोषित सुशासनको हविगत, इच्छाशक्ति, जिम्मेवारीवोध र इमान्दारिताको खडेरिमा परेको नेतृत्व, सर्वोच्च केन्द्रीत राजनीतिक र कानूनी सङ्घर्षहरु वर्ग सङ्घर्ष र शोषणको महान उपलब्धि हो। नेपाली राजनीतिको साँचो बुर्जुवा वर्गसँग छ भने ताला श्रमजीवि वर्गसँग छ।

    इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व, भ्रष्टाचारमा छलाङ मार्दै गरेको सोमालिया अबस्था, मानव विकास सुचाङ्कमा उकालो चढ्दै गरेको नर्वे, डेनमार्क, भोकमरीको भुमरीमा जाँदै गरेको उत्तर कोरिया, इथियोपिया, म्यानमारको सैनिक कू मालिमा सैनिकको तिव्र अभिलाषा, चिन र अमेरिका लगायत अन्य देशहरू बीचको प्रगतिशील द्वन्द्व, अनुदानको नाममा गरिने सहयोग, अपराधमा आधुनिकीकरण लगायतका घटना घट्नुको पछाडि वर्ग सङ्घर्ष र शोषणकीय ब्यबहर जिम्मेवार छ।

    किनभने शक्तिमा रहेको राष्ट्र वा व्यक्तिले अन्य देश तथा व्यक्तिलाई शक्तिमा आउन दिंदैन, सदैब आफू शक्तिमा रहन खोज्छ। जसले आकर्षक तरिकाबाट शोषण गर्न जानेको हुन्छ। सोही उदेश्य पूरा गर्नको लागि यस्ता घटनाहरुलाई पुलको भुमिकामा प्रयोग गरिन्छ।

    अहिले विश्व समुदायले कोभिड–१९ को असरको कारण राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपरेको छ। जसले अर्थतन्त्रलाई कमजोर बनाइदिएको छ। यो अबस्थामा बुर्जुवा वर्ग भन्दा श्रमजीवि वर्ग बृहत मारमा छन्। दिनभर आफ्नो रगतलाई पसिनामा बदलेर भोको पेट भर्ने जुन वर्ग छ उसलाई अहिले आकाश खसे जस्तै भएको छ। उनीहरू अप्रत्याशित सम्बन्ध बिच्छेदको पिडामा छ। मजदुर, किसान, श्रमजीवी वर्ग फाँसीवादि, नोकरशाह, पूँजीपति वर्गको जाँतोमा पिसिन बिवस छन। दिन, रात, भोक, तिर्खा नभनि आफैले उत्पादन गरेको सामान बजारमा (सोही मजदुरले) महङ्गो मूल्यमा खरिद गर्नु परेको छ। यो पुरस्कार होइन शोषण हो। यसरी हुन्छ रचनात्मक शोसन। जसमा शोषीत वर्गलाई आफू शोषणमा परेको छु भन्ने कुरा थाहा हुँदैन। जुन सरुवा रोगबाट आज विश्व समुदाय अछुतो छैन।

    शिक्षामा समानता भनेपनि गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाहरु केबल बुर्जुवा वर्गको लागि मात्र भएको जस्तो दृश्य देखिन्छ। जहाँ समताको वकालत गर्नु भनेको अरिगालको गोलामा हात राखे सरह भएको छ। बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई शासकीय स्वरुपको रुपमा अङ्गिकार गर्ने प्रतिवद्धता गरियो तर कार्यान्वयनमा फितलो भयो। केही शक्ति लोकतन्त्रक, केही शक्ति राजतन्त्रको पैरवीमा तल्लिन हुनुमा शोषणको मनसाय प्रवल छ।

    अपराध, गरीबी र बिपन्नताले उग्र रुप लिंदै छ। गरीब र धनी भनी छुट्टयाइएको वर्ग बिचमा गहिरो खाडल छ। जसलाई भर्नको लागि अहिले पुँजीवादि व्यवस्था असफल छ। यसले खाडलमा भुस भर्ने काम गर्छ। जसको कारण केही समयपछि खाडल झनै गहिरो र बिशाल हुन्छ। मानिस बाच्नको लागि खाना (अन्न) चाहिन्छ, जो किसानले उब्जाउँछ। यस सवालमा, बुर्जुवा वर्गको जीवन किसानको हातमा छ। तैपनि किसान शोषणमा परेका छन्। श्रमजीवी वर्गलाई कानूनी साङ्लोमा बाधिएको छ। माक्सवाद अनुसार कानून एक सोसल सुपरइस्ट्रक्चर हो। यसले इकोनोमिक्स इन्फास्ट्रक्चरलाई कार्य गर्न मद्धत गर्छ र सोसल सुपरइस्ट्रक्चरलाई इकोनोमिक्स इन्फास्ट्रचरले आकार दिने भएकाले आफू पनि बाच्छ।

    शोषणको हालीमुहाली भएको ठाउँमा वर्ग सङ्घर्ष बलियो छ। आवश्यकता अनुसारको काम र दया अनुसारको दाम नभई दक्षता अनुसारको काम र काम अनुसारको दाम सर्वस्विकार्य हुन्छ। जुन कुरा समाजवादले सम्बोधन गर्छ। माक्सले भने जस्तै बर्तमान विश्व समुदाय वर्गिय लडाइको मैदानमा उपस्थित छ।
    (खत्री काठमाडौं स्कुल अफ ल, भक्तपुरमा बिए एलएलबी, प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ ।)

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार