Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चित्र मेटेर सरकारले ‘फ्रन्टलाइनर’को अपमान गरेको कांग्रेस आरोप

    चित्र मेटेर सरकारले ‘फ्रन्टलाइनर’को अपमान गरेको कांग्रेस आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

    कोरोनाविरुद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हिजो हटाएको थियो ।



    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको साँटो मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दावी गरे ।



    ‘काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?,’ विज्ञप्तिमार्फत प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।

    नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पाको परिकल्पना कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्‍मानमा भित्तामा चित्र बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार