Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सशस्त्र प्रहरीका यी एसएसपीहरु बढुवाबाट बन्चित

    सशस्त्र प्रहरीका यी एसएसपीहरु बढुवाबाट बन्चित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नगरेकाले यो स्थिति आएको हो ।

    सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।



    नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटनासमेत बन्नेछ ।



    सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

    सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीनदिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिनेछ ।

    सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

    सशस्त्र प्रहरीमा गत मंसिरमै सात जना डीआईजी रिक्त भए पनि त्यसबेला ६ जनालाई मात्रै बढुवा गरिएको थियो । त्यसपछि माघमा प्रजाभक्त श्रेष्ठ र साता दिनअघि अर्का डीआईजी प्रवीणकुमार श्रेष्ठले अवकाश पाएपछि तीन डीआईजी पद रिक्त भएको हो । मंसिरदेखि नै कसैले पनि डीआईजीका लागि अनिवार्य मानिएको तालिम नगरेकाले एक पद रिक्त नै रहने अवस्था आएको हो ।

    हालको एसएसपीको वरिष्ठताका क्रममा न्यौपानेपछि विदुर खड्का रहे पनि उनले सो तालिम नगरेकाले उनी बढुवामा रिङभन्दा बाहिर छन् । त्यस्तै, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि रिङभन्दा बाहिर छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका थिए ।

    डीआईजी बढुवालगत्तै सशस्त्र मुख्यालयले नायब उपरीक्षक ९डीएसपी०सम्मको बढुवा अघि बढाउनेछ । सशस्त्रमा हाल डीएसपीदेखि डीआईजीसम्म १ सय ६ पद रिक्त छ ।

    आजको राजधानी दैनिकमा खबर छ। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार