Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युरो कपमा आजदेखि क्वाटरफाइलका खेल

    युरो कपमा आजदेखि क्वाटरफाइलका खेल

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । युरोकप २०२० को क्वाटरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।

    पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति पौने १० बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।



    स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । यस्तै स्पेनले क्रोएसियालाई पराजित गरेको थियो ।



    स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार