Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • २,२९९ जनामा कोरोना संक्रमण हुँदा ३,४५१ जना संक्रमणमुक्त, ३४ जनाको मृत्यु

    २,२९९ जनामा कोरोना संक्रमण हुँदा ३,४५१ जना संक्रमणमुक्त, ३४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४५१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।



    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९र३९ जनामा कोरोना संक्रमण देखिएको छ ।



    सप्तरी र गुल्मीमा ३७र३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९र२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४र१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार