Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 1.8K
    SHARES

    चितवन । लगातारको वर्षाका कारण मुग्लिङ–नारायणगढ सडक अवरुद्ध भएको छ । बाढी पहिरोका कारण १७ ठाउँमा सडक बन्द रहेको छ । देशभर ५३ सडक खण्ड भने एकतर्फी रुपमा खुलेका सडक विभागले जनाएको छ ।

    मुग्लिङ–नारायणगढ सडकमा शुक्रबार पहिरो हटाएको थियो । तर लगत्तै पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । तीन किलो, चार किलो र सेतीदोभानमा पहिरो खसेको छ । सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिरो हटाउन लागिएको उनले बताए ।



    पहिरोले बन्द पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–धादिङ खण्ड भने बिहानदेखि खुलेको छ । कुरिनटार, घोप्टेभीरमा खसेको पहिरो हटाएपछि पोखरा–तनहुँ हुँदै काठमाण्डौ आउने जाने गाडी चलेका छन् ।



    यस्तै हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ पनि बन्द छन् । भीमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैँसे भीमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भीमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भीमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देराली, ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानी र कान्तिलोकपथ अन्तर्गत भीमफेदी–८ कोगटेमा पिच नै बगाएको छ भने ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ ।

    त्रिभुवन राजपथ अन्तर्गत भैँसे पालुङ नौबिसे खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ र वडा नम्बर–१२ गैरीगाउँमा सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार