Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पेरु कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    पेरु कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । पेरु जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

    आज बिहान भएको क्वाटरफाइनल खेलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेर पेरुले अन्तिम चारको यात्रा तय गरेको हो ।



    निर्धारित तथा थप गरिएको समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।



    निधारित समयमा पाराग्वेका लागि ११ औँ मिनेटमा गुस्ताभो गोमेज, ५४ औँ मिनेटमा जुनियर एलोन्सो र ९० औँ मिनेटमा गाब्रिएल एभालोसले गोल गरे । पेरुका लागि पहिलो गोल उपहारमा प्राप्त भयो ।

    २१ औँ मिनेटमा पाराग्वेका गुस्ताभो गोमेजले आत्मघाती गोल गरे । ४० औँ मिनेटमा पेरुका जिएन्लुका लापाडुला र ८० औँ मिनेटमा योशिमार योतुनले गोल गरेका हुन् ।

    पेरुका आन्द्रे कारिलोले सीधै रातो कार्ड पाए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा पाराग्वेका गुस्ताभो गोमेजले सीधै रातो कार्ड पाएका थिए ।

    अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन, त्यसपछि भएको टाइब्रेकरमा पेरुले चार तथा पाराग्वेले तीन मात्रै गोल गर्न सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार