Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • वीरको भ्रष्टाचारमा अख्तियारको मौनता, जागेश्वरकै साझेदार कम्पनीलाई १२ करोडको ठेक्का

    वीरको भ्रष्टाचारमा अख्तियारको मौनता, जागेश्वरकै साझेदार कम्पनीलाई १२ करोडको ठेक्का

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित देशकै सबैभन्दा पुरानो वीर अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा विस्तार गरेसँगै अस्पतालभित्र अनियमितता र भ्रष्टाचारले जरा गाडेको छ ।

    अस्पतालको प्रमुखमा स्वास्थ्य सेवाका विवादित र अकुत सम्पत्ति आर्जन गरेका डाक्टर जागेश्वर गौतमलाई नियुक्ति गरेसँगै वीरमा भ्रटाचार मौलाएको हो । न्याम्स ऐन विपरित आएको उक्त अध्यादेशलाई टेकेर स्वास्थ्य मन्त्रालयले ११औं तहका चिकित्सक डा. गौतमलाई वीर अस्पतालको कार्यकारी प्रमुखमा नियुक्त गरेलगत्तै उनले अस्पतालमा आतंक सिर्जना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति सुद्दिकरण विभगमा उजुरी दर्ता भइसकेका छन् ।



    तर, आज उनै गौतमले आफ्नै साझेदारी रहेको कम्पनीलाई १२ करोडको ठेक्का दिलाएका छन् । वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का विवादास्पद कम्पनि म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रालीले हात पारेको हो । अस्पतालका प्रमुख डा. गौतमले उक्त कम्पनिलाई ठेक्का दिएका हुन् । १२ करोड ४३ लाख रुपैयाँको उक्त ठेक्कामा करोडौंको मोलमोलाइ भएको वीर अस्पताल स्रोत दावी गर्छ ।



    ठेक्का सूचनामा पनि डा. गौतमले ‘प्रमुख कार्यकारी स्तरिय’ निर्णय भन्दै म्याक्सिमलाई दिने निर्णय गरेको उल्लेख गरेका छन् । गत असार ११ गते वीर अस्पतालले १५ करोड बराबरको ठेक्का आह्वान गरेको थियो । एक्सरे मेसिन, युएसजी मेसिन लगायतको सामग्री खरिदको करिब साढे २ करोडको ठेक्का भने नेश्नल इलेक्ट्रोटेक प्रालीलाई दिएको छ ।

    वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिम डा. गौतम उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृष्य लगानी रहेको कम्पनि हो । यो कम्पनिका देखिने मालिक सुन्दर भुषालसँग वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको विभिन्न अन्य कम्पनीमा साझेदारी रहेको खुलिसकेको छ ।

    यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिन लागेको भन्दै अनलाइन नेपाललगायत सञ्चार माध्यममा खबर आएपछि वीर अस्पतालको तत्कालिन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रण सम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।

    उनको नियुक्तीसँगै ५ अर्ब बरारको ठेक्का हत्याउन आफ्नै कम्पनि समलग्न गराउने खेल शुरु भएको थियो । डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत विवादमा तानिएकी बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ती दिएर खेल शुरु गरेका थिए । भावनाले डा. गौतमकै आदेशमा म्याक्सिमलाई नै ठेक्का दिने गरि स्पेसिफिकेशन बनाएकी थिइन् । यसबारे पनि अनलाइन नेपालले यसअघि नै समाचार प्रकाशित गरेको थियो ।

    डा. गौतमले खरिद ईकाइ प्रमुख भगवती थपलिया र श्याम विक लगायतलाई हातमा लिएर खरिद ठेक्का आफ्नो साझेदारी कम्पनीलाई दिलाएको वीर अस्पतालका कर्मचारीहरुको आरोप छ । स्रोतका अनुसार बोलपत्रमा तीन वर्षको अनुभव माग गरिएको छ । तर, म्याक्सिम २ वर्ष मात्रै अनुभव छ । अनुभवै नभएको कम्पनिलाई ठेक्का दिएर गौतमले चरम भ्रष्टाचार गरेको वीर अस्पतालका कर्मचारी बताउँछन् ।

    डा. गौतमले आफू साझेदार रहेको कम्पनी म्याक्सिमलाई करोडौं आर्थिक चलखेल गरी ठेक्का दिलाउन लागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति सुद्दिकरण विभगमा यस अघि नै वीरका कर्मचारीहरुले उजुरी दर्ता गराइसकेका थिए ।

    तर, अकुत सम्पत्ति आर्जन गरेका र किर्तेमा काठमाडौं जिल्ला अदालतबाट कारबाहीमा परेका डा गौतमको यो निर्णयप्रति सम्बन्धित निकायले मौनता देखाएपछि वीरका कर्मचारीहरु पुनः सम्बन्धित निकायलाई झकझक्याउन जाने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार