Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कोलम्बियाले आज बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।



    टाइब्रेकरमा दोस्रो र चौथोपटक पेनाल्टी प्रहार गरेका उरुग्वेका खेलाडीको बल कोलम्बियाका गोलरक्षकले रोक्न सफल भए । कोलम्बियाका चार खेलाडीले लगातार गोल गरे ।



    टाइब्रेकरमा ४–२ को नतिजा निकालेको कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । एडिन्सन काभानी, लुइस स्वारेजसहितका स्टार खेलाडी रहेको उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    यसअघि शनिबार भएको खेलमा जित निकाल्दै ब्राजिलल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार