Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नारायणगढ मुग्लिन सडकखण्डमा पुनः अवरुद्ध

    नारायणगढ मुग्लिन सडकखण्डमा पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.8K
    SHARES

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

    भरतपुर महानगरपालिका–२९ सेती दोभानमा गएराति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै सडक पूर्णरुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको छ ।



    शुक्रबार राति खसेको पहिरो शनिबार बिहान पन्छाएसँंगै बाटो खुलेको थियो । एक सातादेखि सो सडकखण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार