Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • १,६०३ जनामा कोेरोना पुष्टि हुँदा जना २,५५२ संक्रमणमुक्त, २७ जनाको मृत्यु

    १,६०३ जनामा कोेरोना पुष्टि हुँदा जना २,५५२ संक्रमणमुक्त, २७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् । काठमाडौं उपत्यकामा भने ४६१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४८७३ जना र एन्टीजेन विधिबाट ३२५६ जना गरी जम्मा ८१३२ जनाको कोरोना परिक्षण गरिएको छ ।



    नेपालमा पछिल्लो २४ घन्टाका नेपालमा हालसम्म ६ लाख ८२ हजार ७ सय ३९ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।



    स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार