Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओली र नेपालबीच एकता हुन दुबैको रिस मर्नुपर्छ : गौतम

    ओली र नेपालबीच एकता हुन दुबैको रिस मर्नुपर्छ : गौतम

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका छन्। आइतबार राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले अहिले केपी ओली र माधवकुमार नेपाल एकअर्कासँग बेस्सरी रिसाएको भन्दै उनले यस्तो बताएका हुन्।

    ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले भने–‘ओली र नेपालको यो रिस उनीहरु मातहतमा रहेका नेताको चिन्ताले घटाउन सक्दैन ।’



    गौतमले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। गौतमले भने–‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनु भएको छ । म दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो त्यतातिर लागिराखेको छु । दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन।’



    रिस शिथिल भएपछि एकता हुने विश्वास गर्दै गौतमले एकता दुई नेताको रिसका कारण अहिले एकता सम्भव नभएको तर, सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रष्ट पारे।

    यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सभव हुने बताए । उनले भने–‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार