Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सचिवहरुको फेरबदल हुँदै, गृहका न्यौपाने कहाँ जाँदैछन् ?

    सचिवहरुको फेरबदल हुँदै, गृहका न्यौपाने कहाँ जाँदैछन् ?

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने गर्दछन् ।

    २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा बर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन् । तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ । प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका हुन् ।



    गृहमन्त्रालयको सचिवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला सबै भन्दा योग्य मानिन्छन् । विशेष सुरक्षा तालिम प्राप्त, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यानुभवका साथै गृहप्रशासनमा कोइराला विशेष अनुभवी मानिन्छन् ।



    हक्की स्वभावका वरिष्ठ सचिव कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, झापा, कास्की, पर्सा, ललितपुरको सिडिओका साथै सहसचिव भएर गृहमा लामो समय बिताएका विवादमा नपरेका योग्य मध्येका हुन् । अन्य केही कनिष्ठ, गृहको अनुभव नभएका तर चाकडीको अनुभव भएका गृहसचिव बन्ने दौडमा रहेका छन् ।

    गृहसचिवको दौडमा सबैभन्दा जुनियर सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लक्ष्मण अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राया पनि गृहसचिवका दाबेदार हुन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूर्यप्रसाद गौतम पनि गृह सचिव बन्न रहर गर्दैछन् । साँघु साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार