Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वीर अस्पतालका प्रमुख डा. गौतमद्वारा आफ्नै पार्टनर ठेकेदारलाई फेरी पौने ३ करोडको ठेक्का

    वीर अस्पतालका प्रमुख डा. गौतमद्वारा आफ्नै पार्टनर ठेकेदारलाई फेरी पौने ३ करोडको ठेक्का

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 3.4K
    SHARES

    काठमाडौं। कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले एक साता पनि नवित्दै आफ्नै साझेदार कम्पनीलाई दुईवटा ठेक्का दिलाएका छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप खेप्दै आएका डा. गौतम वीर अस्पतालको प्रमुख भएसँगै ठेक्कापट्टामा लिप्त हुन लागेको वीरकै कर्मचारीहरुको आरोप छ ।

    गत शनिबार मात्रै आफ्नै पार्टनरको कम्पनी म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रालीलाई १२ करोड ४३ लाखको ठेक्का दिलाएका डा. गौतमले आज फेरि सोही कम्पनीलाई अर्को ठेक्का दिलाएका हुन् ।





    अधिकारी डा.गौतमले उक्त कम्पनिलाई फेरी पौने ३ करोड रुपैयाँको ठेक्का दिएका हुन् । म्याक्सिमका देखिने मालिक सुन्दर भुसाल भएपनि उनीसँग डा. जागेश्वर गौतमको विभिन्न व्यावसायमा साझेदारी रहेको समाचार यस अघि अनलाइन नेपालले नै प्रकाशित गरिसकेको छ ।

    उनीहरुबीच व्यापारीक साझेदारी भएको विषय सार्वजनिक भएपनि गौतमले लाजै नमानी फेरी अर्को ठेक्का आफ्नै व्यावसायीक पार्टनरलाई दिलाएका हुन् । वीर अस्पतालले खरिद गर्न लागेको मोनिटर प्यारामिटरको २ करोड ८६ लाख ७५ हजारको ठेक्का क्याक्सिमले पाएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई आफ्नो साथी भन्दै डा. गौतमले मनोमानी रुपमा आफ्नै पार्टनरलाई ठेक्का दिएका हुन् । वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिम उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृष्य लगानी रहेको कम्पनि हो ।

    यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिन लागेको भन्दै विभिन्न सञ्चार माध्यममा खबर आएपछि वीर अस्पतालको तत्कालिन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रण सम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेसँगै डा. गौतमको मनोमानी चलेको हो ।

    उनको नियुक्तीसँगै ५ अर्ब बरारको ठेक्का हत्याउन आफ्नै कम्पनि समलग्न गराउने खेल शुरु भएको थियो । डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ती दिएर खेल शुरु गरेका थिए । भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरि स्पेसिफिकेशन गरेको स्रोतको दाबी छ ।

    त्यसो त किर्ते गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट कारबाहीमा परेका ११औं तहका चिकित्सक डा.गौतमलाई वीर अस्पतालको कार्यकारी प्रमुखमा नियुक्त गरेसँगै उनले अस्पतालमा आतंक सिर्जना गरेको भन्दै वीरका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति सुद्दिकरण विभगमा उजुरी दर्ता गराइसकेका छन् । तर, पनि सम्बन्धित निकायले आँखा चिम्लिदा वीरमा डा. गौतमको गैरकानुनी धन्दा चलिरहेको वीरकै कर्मचारीहरु बताउँछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार