Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा एनआरएनएका पदाधिकारीहरुद्वारा बबाल

    आइएलओको रकम घोटालामा मुछिएका बद्री केसीको योजनामा अमेरिकामा बबण्डर

    आइएलओको रकम घोटालामा मुछिएका बद्री केसीको योजनामा अमेरिकामा बबण्डर

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.8K
    SHARES

    न्यूयोर्क । अमेरिकामा गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को शपथ ग्रहण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डा.बद्री केसीले बबण्डर मच्चाएका छन् ।

    अमेरिकाको नव निर्वाचित कार्य समितिलाई शपथ नै गर्न नदिने केसीको षड्यन्त्र असफल भएको छ ।



    केसीको योजनामा निवर्तमान अध्यक्ष सुनिल साहले शपथ ग्रहण कार्यक्रम रोक्न खोजेका थिए । बद्री केसी आइएलओले एनआरएनएलाई प्रदान गरेको रकम घोटालामा समेत मुछिएका छन्। आइएलओ परियोजनामा भ्रस्टाचारका साथै एमआइएस प्रणालीका नाममा एनआरएनए कब्जा गर्न केसीले गिरोह नै परिचालन गरेको आरोप लागेको छ। त्यसका लागि उनले सचिव गौरी जोशीलाई प्रयोग गरेको चर्चा छ।



    बिशेष गरी खाडी मुलुकमा उनले पदाधिकारीहरुसँग मिलेर आर्थिक घोटाला गरेको भन्दै छानविनको माग बढेको बेला केसीले अमेरिकाका नेपालीहरुकै बदनाम गरेका छन् ।

    गत महिना सम्पन्न चुनावबाट निर्वाचित बुद्धि सागर सुवेदी नेतृत्वको कार्य समितिलाई शपथ गर्न नदिएर तदर्थ समिति गठन गर्ने र आफू अनुकूलका डेलिगेटहरू चयन गर्ने योजना एनआरएन अमेरिकाका प्रतिबद्ध सदस्यहरूको कडा विरोधका कारण असफल भएको हो ।

    शनिबार अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाको प्रमुख अतिथिको रुपमा एनआरएनए एनसीसी अमेरिकाको १०औं साधारणसभाको उद्घाटन गरेका थिए ।

    साधारणसभामा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्षहरू बद्री केसी, सोनाम लामा, रबिना थापा, सचिव गौरी जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उप–संयोजक राम पोख्रेल, महिला संयोजक उमा थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा.केशब पौडेल, पूर्वअध्यक्ष तथा संरक्षक खगेन्द्र जिसी, निर्वाचनका उप–विजेताहरू समेतले शुभकामना मन्तब्य राखेपछि पहिलो सत्र सम्पन्न भएको थियो ।

    अधिवेशनका कन्भेनर तथा निवर्तमान उपाध्यक्ष बीआर लामाले स्टेजमा निर्वाचन आयोगलाई बोलाएपछि निवर्तमान अध्यक्ष सुनिल साहले सपथ ग्रहण गर्न नदिने घोषणा गरेका थिए ।

    त्यसपछि उनको बिरोध गर्दै हो हल्ला शुरु भएको थियो । अन्तर्राष्ट्रिय परिषद् सचिव गौरी  जोशीले पनि शपथ ग्रहण हुन नदिन जोड र दलबललाइ स्टेजमा बोलाएर तताउने काम गरेको भिडियोमा देख्न सकिन्छ ।

    त्यसपछि पूर्व अध्यक्ष डा.केशब पौडेल, खगेन्द्र जिसी, क्षेत्रीय उप–संयोजक राम पोख्रेल, संयोजक राजन त्रिपाठी र अन्तर्राष्ट्रिय उपाध्यक्ष सोनाम लामाले स्थिति साम्य पार्न पहल गरेका थिए ।

    अन्तमा सबै स्थिति शान्त भएर अध्यक्ष बुद्धि सुबेदीलाइ निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बरालले सपथ ग्रहण गराएर प्रमाण पत्र प्रदान गर्दै पदभार ग्रहण गराए ।

    उनले निर्वाचनको सबै प्रक्रिया सम्पन्न भएकाले अब २०१९ को कार्य समिति निवर्तमान भएको घोषणा पनि गरे । निर्वाचित भएका ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित एनसीसी कार्यसमितिलाइ प्रमुख निर्वाचन आयुक्तले शपथ ग्रहण तथा पदभार ग्रहण गराएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार