Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • होण्डा CB 350 DLX बाइकर्सहरुका लागि लोकप्रिय सावित

    होण्डा CB 350 DLX बाइकर्सहरुका लागि लोकप्रिय सावित

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्राएको CB 350 DLX ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभाएको स्याकार ट्रेडिङ्ग कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    केहि साता अघि मात्र लन्च गरिएको यस बाइक स्टक आउट भएको कम्पनीले जनाएको छ । त्यसैले अब बाइक खरिद गर्न इच्छुक ग्राहकहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने पनि कम्पनीले जनाएको छ ।



    कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको छ । ३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको ीभ्म् हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध छन् ।’



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार