Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्मार्टडोको ‘स्मार्टडोको मनसुन अफर’, हरेक दिन सामसुङ घडी जित्ने मौका

    स्मार्टडोको ‘स्मार्टडोको मनसुन अफर’, हरेक दिन सामसुङ घडी जित्ने मौका

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । मनसुन चलिरहेका बेला नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो । हालै आइएमएस ग्रुपले स्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउने र यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (रु ५००सम्म) अफर समेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको छ । स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्ने पनि कम्पनीले जनाएको छ ।



    स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार