Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नाइजेरियामा १४० विद्यार्थी अपहरण

    नाइजेरियामा १४० विद्यार्थी अपहरण

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १४० विद्यार्थीको अपहरण गरेको छ ।

    अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो ।



    बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ स्वास्थ्यकर्मीको पनि अपहरण गरेका छन् ।



    विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका उनीहरुले गोली प्रहार गर्दै विद्यार्थीहरुको अपहरण गरेका हुन् । लगत्तै उनीहरुले कुष्ठरोग केन्द्रमा प्रवेश गरी नर्स र कर्मचारीलाई समेत अपहरण गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    अपहरणमा परेका २६ शिक्षिकालाई रिहा गरिएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार