Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त, विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप

    मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त, विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 3K
    SHARES

    काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ ।

    उपप्राध्यापक यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले पदबाट बर्खास्त गरेको हो ।



    उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहका अनुसार परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको हो।  ‘अक्षम्य शैक्षिक अपराध गरेकाले सेवाबाट बर्खास्त गरेको हुँ,’ उपकुलपति सिंहले भने।



    मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुसी नम्बर दिएको पाइएको छानविन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ ।

    यसैगरी, कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

    परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । उनले भने, ‘मबाट गल्ती भयो, माफ पाउँ भनेका छन्, तर मैले माफ दिन सक्दिनँ । विश्वविद्यालय सुधार गर्ने कसम खाएको हुँ, सुधार गरेरै छाड्छु ।’

    उपकुलपति प्रा. डा. सिंहले यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार