Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुजिता भण्डारी मृत्यु प्रकरण : शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

    सुजिता भण्डारी मृत्यु प्रकरण : शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । चितवन जिल्लाको एक सामुदायिक वनमा हराएको ९ दिनपछि मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी धीरज प्रताप सिंहले बताए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो ।



    घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। सीआईबीबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए ।



    असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार