Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पूर्वी नवलपरासीकी युवती आठ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ

    पूर्वी नवलपरासीकी युवती आठ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.9K
    SHARES

    चितवन । पूर्वी नवलपरासीकी एक युवती आठ लिनदेखि बेपत्ता छिन् ।

    पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको छ ।



    प्रहरीले उनका प्रेमी भनिएका चितवनको भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।



    बिनाका बुवा जयेश्वर सापकोटाले छोरीसँग हराएकै दिन तीन पटक कुरा भएको बताएका छन् । भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले स्वीकार गरेको छ ।

    प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार