Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पर्वतमा खोलाले गाडी बगाउँदा इन्जिनियरसहित ३ बेपत्ता

    पर्वतमा खोलाले गाडी बगाउँदा इन्जिनियरसहित ३ बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.5K
    SHARES

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलाले गाडी बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता भएका छन्।

    मंगलबार राति खोला पार गर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।



    बेपत्ता हुनेमा कन्स्ट्रक्सनका इन्जिनियर राजाराम आचार्य, गाडी चालक इन्द्र थारु र नाम खुल्न नसकेका अर्का एक व्यक्ति रहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।



    प्रहरीले राति १२ बजेदेखि बेपत्ताको खोजी गरिरहेको छ । तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले मोदीखोलामा समेत उनीहरुको खोजी गरिरहेको छ ।
    बाढीले सो क्षेत्रमा तीन घर पनि बगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार