Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसंग भिड्ने

    कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसंग भिड्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा फाईनलमा प्रवेश गरेको छ ।

    बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।



    खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।



    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

    टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए ।

    कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो ।

    अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार