Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जसपा फुटतर्फ

    पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

    पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी एकता र फुटको कुनै सुत्र नहुने बताएका छन् ।

    पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए ।



    यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।



    यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एकताबाट खुशी र फुट्दा दुखी हुने भन्दै पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउॅमा बसेर कतै पनि नपुगिने उल्लेख गरेका छन्।

    बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुॅदा राम्रो हुने भन्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार