Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सर्वोच्चले कालीगण्डकी डाइभर्सनसम्बन्धीको रिटमा सरकारलाई बोलायो

    सर्वोच्चले कालीगण्डकी डाइभर्सनसम्बन्धीको रिटमा सरकारलाई बोलायो

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित उपस्थित हुन सरकारलाई आदेश जारी गरेको छ ।

    आज न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि सरकारलाई साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन आदेश जारी गरेको हो ।



    यसअघि अधिवक्ता तुलसीराम पोखरेलसमेतले सरकारले कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउन बुटवलमा कार्यालय खडा गरेपछि उक्त आयोजना रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।



    रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश केसीको इजलासले अन्तरिम आदेश भने दिएन, तर अन्तरिम आदेशका लागि दुबै पक्षसँग छलफल गर्न भनी साउन ४ गते बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार