Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • निषेधाज्ञा उलंघन गर्ने २९१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा उलंघन गर्ने २९१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय १५ वटा गाडी र ७६ वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ ।



    साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ४ सय ७२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    यस्तै, निषेधाज्ञा उल्लंघन गर्ने निषेधाज्ञा उल्लंघन गर्ने १३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ सय ७२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

    साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय ८७ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार