Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • होटलमा कोठी सञ्चालन गर्नेदेखि सट्टेबाजीसम्मको धन्दा चलाउने पक्राउ

    होटलमा कोठी सञ्चालन गर्नेदेखि सट्टेबाजीसम्मको धन्दा चलाउने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 2.6K
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी टोलीले होटलमै वेश्यावृत्ति धन्दा चलाउने तथा युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने र विभिन्न मुद्दामा फरार रहेका १२ जना सहित १५ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा एक होटल (खाजा घर)का सञ्चालकलाई होटलको आवरणमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१० रामबजार स्थित एक होटलका दुई सञ्चालकलाई पक्राउ गरेको हो ।



    राम्रो काममा लगाईदिन्छु भनि बोलाएर पहिलो खाजा नास्ता बितरणको काममा लगाएको तथा एक–दुई दिन पछिनै खाजा घरमा आउने व्यक्तिहरुसँग खाजाघर सञ्चालकले पैसा लिई डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाई यौन शोषण गराएको भन्ने उजुरीको आधारमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।



    पक्राउ गरी मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । महिलालाई प्रहरीले मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ ।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले युरोकप र कोपा अमेरिकाको फुटवल खेलमा सट्टेवाजी भईरहेको भन्ने गोप्य सूचनाको आधारमा अनलाईन (भाईबर, ह्वाट्सएप) मार्फत सट्टेवाजी गराईरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाईड स्थित एक होटलबाट पोखरा–२७ तालचोक बस्ने वर्ष १८ को सुलभ सुवेदीलाई पक्राउ गरी सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ ।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका १२ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

    गौबध, जुवा, लागूऔषध, रजनी चोरी र चोरी लागाएतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले आज पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालत पठाईएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार