Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीलंकाका प्रधानमन्त्रीले भने – चीनले अरू देशको मामिलामा कहिल्यै हस्तक्षेप गर्ने आवश्यकता महसुस गरेन

    श्रीलंकाका प्रधानमन्त्रीले भने – चीनले अरू देशको मामिलामा कहिल्यै हस्तक्षेप गर्ने आवश्यकता महसुस गरेन

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले  चीनले कहिले पनि आफ्नो राजनीतिक विचार संसारमा नदेखाएको वताएका छन्।

    राजपक्षेले चीनको प्रशंसा गर्दै भनेका छन्,  ‘चीनले कहिले पनि अरु देशहरुको मामिलामा हस्तक्षेप गर्नु पर्ने आवश्यकता महसुस गरेन।’



    महिन्द्रा राजपक्षे चीनको कम्युनिष्ट पार्टीको १०० औं वार्षिकोत्सवको अवसरमा एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै थिए। श्रीलंका र चीनबीच कूटनीतिक सम्बन्धको चर्चा गर्दै उनले भने, ‘श्रीलंकाले सन् १९५७ मा चिनियाँ सरकारसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। यद्यपि हाम्रो देशका वामपन्थी पार्टीहरूले लामो समयदेखि चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्ध राखेका थिए। विशेष गरी श्रीलंकाको कम्युनिष्ट पार्टीले १९४० देखि सीपीसीसँग सम्बन्ध राखेको छ।’
    चिनियाँ राजदूत डेंग शिजुनले १६० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिक दल र संगठनहरूले यस भर्चुअल शिखर सम्मेलनमा भाग लिएको वताएका थिए ।



    श्रीलंकाका प्रधानमन्त्री भने, ‘चीनको कम्युनिष्ट पार्टी हाल विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी हो। विगत ७० बर्षमा यसले विदेश नीतिको मोर्चामा विश्वलाई एक महत्वपूर्ण सन्देश दिएको छ।’

    विदेश नीतिमा चीनको योगदानका बारे महिन्द्रा राजपक्षेले भने, ‘चीनले विश्वमा आफ्नो राजनीतिक धारणा थोप्न खोजेको छैन। चीनले अरू देशको मामिलामा हस्तक्षेप गर्ने आवश्यकता कहिल्यै महसुस गरेको छैन। यो कुनै देशको स्वतन्त्रता र सार्वभौमिकताका लागि एकदम महत्त्वपूर्ण कुरा हो। तसर्थ, अन्य देशहरू चीनसँग सम्बन्ध बनाउन कहिल्यै हिचकिचाउँदैनन् किनकि उनीहरूलाई आफ्नो स्वतन्त्रता कायम राख्न अनुमति छ।’

    वन बेल्ट वन रोड नीतिमा महिन्दा राजपक्षेले भने, ‘हामी चीनको ओबीओआर नीतिबाट अनजान छैनौं। श्रीलंका पनि पुरानो समयमा चीनलाई जोड्ने सिल्क रोडको एकपट्टि उपस्थित थियो। चीन फेरि यो रेशम मार्ग हुँदै विश्वमा पुग्न लागेको छ। स्वतन्त्र अर्थव्यवस्था अब विश्वभर फैलिएको छ। यसले धेरै देशहरूमा परिवर्तन ल्याएको छ। चीनले स्वतन्त्र अर्थव्यवस्थाको विश्वव्यापी वास्तविकतालाई यसरी स्वीकार गरेको छ कि यो मैत्रीपूर्ण होस्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार